अटो शोमा आइएमईको नयाँ सनसाइन स्कुल बसको बिक्री शुरु

  • Aug 29
  • 0
  • admin

नाडा अटो शो २०७४ मा आइएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमई मोटर्स ले अशोक लेलैण्ड ब्राण्डका स्कुल बस को प्रर्दशनी गरेको छ । यस अटो शोमा सनसाइन स्कुल बस प्रर्दशनीमा राखिएको छ ।

अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्ट अन्तर्गतको नयाँ गाडी सनसाइन स्कुल बस यस नाडा अटो शो प्रर्दशनीेबाट नेपालमा  लन्च भएको छ र बुकिङ्ग पनि लिन शुरु गरिने छ । यस बस को बिशेषताहरुमा रोलओभर टेष्ट गरिएको पहिलो गाडी, क्रयास टेष्ट गरिएको पहिलो स्कूलबस हो । यो बस एक्सिडेन्ट भएको अवस्थामा पनि बसमा यात्रा गरिरहेका बिद्यार्थीहरुलाई कुनै चोटपटक लाग्ने छैन । त्यस्तै, बच्चाहरुको पसिनाको कारणले हुने र्जम्सहरु पुर्ण रुपमा मार्न सक्ने टेक्नोलोजी भएको सिटको डिजायन रहेको छ । सबै भन्दा महत्वपुर्ण कुरा यसमा भएको आई अलर्ट सिस्टम हो, जसले बच्चा गाडीमा चढ्ने बित्तीकै अभिभावकको मोबाइलमा बच्चा स्कूलबसमा चढ्यो भनेर म्यासेज आउछ, त्यस्तै बच्चा स्कूल पुगेर ओर्लिने बित्तिकै पुन अर्को म्यासेज बच्चा स्कूल पुग्यो भनेर म्यासेज अभिभावको मोबाइलमा आउछ । साथै, वेभ बेस ट्रयाकिङ्ग सिस्टममा गएर स्कूलबस कहाँ पुगेको छ भनेर हेर्न मिल्छ । साथै, गाडीको मर्मत सम्भार र सर्भिस गर्ने समय तालिकाको जानकारी अटोमेटिक तरिकाले स्कूल प्रसाशन, आइएमई र्भिस सेन्टर र चालकको मोबाईलमा आउछ । अशोक लेलैण्डको यो सनसाईन स्कूलबस अत्याधुनिक सुविधा सम्पन्न र सुरक्षित यात्राको आधार भएको कम्पनीको दाबी छ । यो बसका अन्य बिशेषताहरुमा ः इलेक्ट्रोनिक स्पिड लिमिटर, इमर्जेन्सी एक्जिट, एन्टी स्किड पÞm्लककरिङ्ग, फायर रेटर्डेण्ट इन्टेरियर, फस्ट एड बक्स, डोर ओपन अलार्म इत्यादी रहेका छन् ।
अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड हो । सुप्रसिद्व हिन्दुजा ग्रुपको इतिहास बोकेको यस ब्राण्डले नेपालमा अबका दिन अशोक लेलैण्डको बनाउने प्रतिबद्वताका अगाडि आएको छ ।
आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत श्री कपिल शिवाकोटीले अशोक लेलैण्डका कर्मशियल गाडीहरुको युसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको जानकारी गराउनु भयो ।
भरपर्दो स्पेयरर्स र सर्भिसको ब्यवस्थापनले बिदाको दिनमा नै स्कूलबस बनाईदिने ब्यवस्था भएको र देशभर फैलिएको आईएमई मोर्टसको सर्भिस सञ्जाल सुलभ र सहज तरिकाले बिक्रि पछिको सेवा दिने प्रतिवद्वता आइएमई ग्रुपको भएको पनि उहाँले बताउनुभयो ।

Leave A Comment

X