आइएमई ग्रुपका अध्यक्षद्वारा बागलुङ महोत्सवलाई सम्बोधन

  • Jan 1
  • 0
  • admin

१७ पुस, २०७४, काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई गत शुक्रबार बागलुङमा सम्बोधन गर्नुभएको छ । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत गरेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा अध्यक्ष ढकालले गर्नुभयो । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्नुभएको उक्त महोत्सवको उद्घाटन सत्रलाई माननीय देबेन्द्र पौडेल र डा. सूर्य पाठक लागायत स्थानीय उधोगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।
विक्रम सम्बत् २०६४ मा स्थापित आइएमई ग्रुप व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, पर्यटन, जलविधुत, अटोमोबाइल , सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।

Leave A Comment

X