आइएमईको व्यावसायीक यात्रा पुस्तक र भिडियोमा

  • Jun 10
  • 0
  • admin

काठमाडौं, २५ जेष्ठ २०७५ । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच अनावरण गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा अनावरण गर्नुभएको हो । पुस्तक÷भिडियो अनावरण कार्यक्रममा नेपाल राष्ट्र बैंक, युएनसीडीएफ, संचारकर्मीहरु, सरोकारवाला र आइएमई ग्रुपका बरिष्ठ अधिकृतहरूको उपस्थिती रहेको थियो ।
सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्रययाउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश गरिएको छ ।
अनावरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवी नेपालले आइएमईले तय गरेको सफल व्यावसायीक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गर्नुभयो । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना–प्रविधि र टेलिकमको तीब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताउनुभयो । यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंहले यूएनसीडीएफ विगत तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिँदै आइएमई डिजिटल वित्तीय सेवाका लागि राजमार्ग भएको बताउनुभयो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशक अघि नेपालको नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने सहासिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताउनुभयो . डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्न पनि नियमन निकायले त्यस्तै सहासिक निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले राष्ट्र«, व्यवसायीक संस्था र उपभोक्ता सबैलाई हित गर्ने व्यवसाय मात्र दिगो हुने बताउनुभयो । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले १८ वर्ष लामो आइएमईको व्यवसायीक यात्रा बर्णन गर्दै आइएमई पे मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्न आइएमई ग्रुप प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।
आइएमईको व्यवसायीक यात्रा समावेश गरिएको उक्त पुस्तक विभिन्न सरोकारवाला र नियमन निकायमा निशुल्क वितरण गरिनेछ भने भिडियो युएनसीडीएफ र आइएमईका आधिकारिक युट्युब च्यानल सामाजिक संजाल पेजमार्फत आज राती आठ बजेबाट सार्वजनिक गरिनेछ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः–
तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आईएमई डिजिटलले “आइएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
युएनसीडीएफका वारेमा ः–
युएनसीडीएफले सन् २०१५ देखि ‘आइएमई पे’ को प्लेटफर्म विकासका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । यूएनसीडीएफको प्राविधिक सहयोगमा आइएमईले मोबाइल फोन मार्फत डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । यसबाट नेपालका ग्रामिण क्षेत्रमा समेत वित्तीय पहुँच उलपब्ध गराउन ठूलो योगदान पुग्नेमा युएनसीडीएफ विश्वस्त रहँदै आएको छ ।

 

IME Journey Book Unveiled

8 June 2018, Kathmandu:

IME and UNCDF have jointly organized a book launching ceremony of IME Journey Book: Innovation to Impact today in a program in Kathmandu. The IME Journey Book “From Innovation to Impact” aims to capture the journey of IME from being a remittance company to a digital financial service provider. The book and complementing videos showcase the scope, challenges and opportunities that exist in a market that is in the cusp of digital financial evolution.

The program was addressed by Dr. Chinranjibi Nepal, Governor of Nepal Rastra Bank, Mr. Chinrajibi Chapagain, Chairman of Beema Samiti, Mr. Digambar Jha, Chairman of Nepal Telecommunication Authority, Mr. Chandra Prasad Dhakal, Chairman of IME Group, Mr. Hem Raj Dhakal, Managing Director of IME Group, Mr. Suman Pokharel, CEO of IME, Mr. Jaspreet Singh, Regional Technical Specialist – UNCDF and Mr. Daniel D. Shrestha, COO of IME Pay. The program was attended by Deputy Governors and high level officials from Nepal Rastra Bank, donors and partner institutions, stakeholder institutions and IME Group.

Speaking at the program, the Chief Guest Dr. Chinrajibi Nepal, the Governor of Nepal Rastra Bank, congratulated IME and UNCDF on beautifully capturing the journey of a remittance service provider venturing into the world of digital finance. Mr. Chiranjibi Chapagain, Chairman of Beema Samiti highlighted on the need to support the Mobile Krishi App (venture of IME’s technology company SWIFT) by designing apt insurance products for farmer groups. Mr. Chandra Dhakal, Chairman for IME stated that with support from the central bank the process of financial inclusion can expedite into rural areas across Nepal. He added, Private sectors are the ones responsible for bringing in new technologies that can accelerate the outreach of formal financial services. Mr. Jaspreet Singh- Regional Technical Specialist, UNCDF stated that IME is the highway to expand access to finance. Finally, Mr. Hem Raj Dhakal, Managing Director of IME expressed positivity around the potential of digital finance in Nepal and IME’s aligning vision of financial inclusion for all.

In July of 2017, IME became the first ever institution to be granted the licensed of a non-bank payment service provider from Nepal Rastra Bank. The name IME is synonymous with ‘remittance’ in Nepal. Ever since the company’s inception in 2001, it has managed to cater to Nepalese residing in and outside Nepal to send and receive money instantly. By withholding this very concept of easy and instant access to finance, IME has ventured into the world of digital finance to expand this vision of financial inclusion for all, through their new venture‒ IME Pay.

UNCDF has been providing grant and technical assistance to IME since 2015 in developing the IME Pay platform. This venture with IME provides an opportunity for families to access finance through their money phones. When linked to an account, digital payments create a more efficient and accessible way for people on very low incomes to access funds and financial services such as credit and remittance to save money for unexpected financial challenges. Being a mobile payment platform, IME Pay has immense potential in scaling up projects in sectors such as agriculture.

Leave A Comment

X