Salam Air Introduces Kathmandu as its New Destination

  • Sep 11
  • 0
  • admin

11 September 2018, Kathmandu: IME Group has introduced Salam Air’s direct flight Muscat-Kathmandu-Muscat starting today. This international expansion of Salam Air will be locally handled by IME International Travel Pvt. Ltd., a travel subsidiary of IME Group.
Salam Air is the first budget carrier of Oman and has started its commercial operation since January 2017 making Muscat as its main hub. It occupies 5 aircraft currently: all 174-seater Airbus 320 and flies to 15 destinations including Muscat, Salalah, Suhar, Dubai, Doha, Jeddah, Karachi, Multan, Sialkot, Shiraz, Tbilisi, Baku, as well as newly introduced Dhaka, Khartoum and Najaf. Kathmandu is its 16th international destination and the direct flights between Kathmandu and Muscat will basically cater the Nepalese immigrants who are travelling to and from Muscat, Oman and onward to other countries of the Middle East and Asia at the most affordable price. Additionally, the tourists who are making Muscat as their transit, will also greatly benefit. Currently, Salam Air will make four flights in a week and hope to soon the add frequency to make it a daily flight. As per CAAN’s approval, Salam Air will land in Kathmandu at 8:00 Hrs and take off at 8:40 Hrs.
Speaking at the Press Meet organized at Tribhuvan International Airport, Mr. Chandra Prasad Dhakal, Vice President of FNCCI and IME Group’s Chairman stated that the flight will reduce the cost of the foreign employment for each employee offering the most affordable flight ticket. The CEO of Salam Air Captain Mohamed Ahmed stated that the flight will contribute to the country’s economic development. CAAN Director General Mr. Sanjeev Gautam, TIA General Manager Mr. Raj Kumar Chhetri, IME Group MD Mr. Hem Raj Dhakal, Director of IME International Travels Mr. Arjun Poudel Sharma and CEO of IME International Travels Mr. Binod Sapkota expressed their views and congratulated Salam Air.
Salam Air has launched its frequent flyer program ‘More on Air’ recently which allows passengers who fly over 10 times a year to submit their boarding passes collected within one year of travel and receive a free SalamAir ticket to any of its destinations. Additionally, the passengers in its inaugural flight will get 50% discount in Chandragiri Cable Car tickets. In the future, all Salam Air passengers can get a 25% discount in Chandragiri Cable Car tickets. Additionally, the company will launch redemption plan to give additional values to its passengers.
IME International Travels Pvt. Ltd. would like to sincerely thank the regulatory agencies, media and all the stakeholders.

२५ भदौ,२०७५–काठमाडौं । आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई गपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लिले गर्नेछ ।
ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा लगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थप गरि १६ वटा गन्तव्यमा आफ्नो हवाइसेवा विस्तार गरेको छ । सलाम एयरले ओमान लगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने छ ।
निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले व्यवसायिक क्षमता अभिबृद्धि र यात्रु महानुभावहरुमा सेवाको भावनालाई मध्यनजर गर्दैे आफ्ना यात्रु तथा सेवाग्राही महानुभावहरुले कुनैपनि गन्तव्यमा एकवर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्ग पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ । टिकट किन्दा १ वटा फ्री दिने योजना लागु गरेको छ । आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्नुहुने सम्पूर्ण यात्रुहरुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रु महानुभावहरुले सलाम एयरको बोर्डिङ्ग पास थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै आइएमई ग्रुपका अन्य उत्पादन तथा सेवाहरुमा समेत विशेष ग्राह्यता दिने योजना लिइएको छ । यस एयरलाएन्सले नेपाल नागरिक उडड्यान प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंका लागि विहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।
सलाम एयरको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अवसर पारेर आइएमई ग्रुपले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पत्रकार भेटघाट कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सजीव गौतमज्यू, महाप्रवन्धक राजकुमार क्षेत्रीज्यू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख सुरक्षा अधिकृत कमल बहादुर जीटीज्यू, नाट्टाका अध्यक्ष सिएन पाण्डेज्यू, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यू प्रवन्ध निर्देशक हेमराज ढकालज्यू, सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदज्यू, आइएमई ट्राभलका संचालक तथा निर्देशक अर्जुन पौडेल शर्माज्यू र आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद) ज्यू सलाम एयरका सेल्स प्रमुख मोहमम्द देसुकीज्यू एवम् सम्बन्धित निकायका उच्च पदस्थ महानुभावहरु र पत्रकारज्यूहरु लगाएतको समुपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा संक्षिप्त प्रतिक्रिया दिँदै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्रीज्यूले सलाम एयरको हवाई सेवा शुरु भएपछि मध्यपूर्वी देशहरुबाट नेपाल भ्रम णमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहज आवागमन थपिएको विश्वास व्यक्त गर्नुभयो । सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदज्यूूले स्थापित ब्राण्ड आइएमईसँग सलाम एयरले व्यवसायीक सम्बन्ध स्थापित गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गर्नुभयो ।
सोहि अवसरमा नेपालको समग्र पर्यटन प्रवद्र्धनका साथसाथै नेपाल सरकारद्धारा घोषित पर्यटन बर्ष २०२० लाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमका लागि मध्यपूर्व लगायत विश्वका विभिन्न मुलुकमा प्रवेश गरेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रेमिटेन्स सेवाका अतिरिक्त बजेट एयरलाइन्स मार्फत हवाई सेवा प्रदान गर्न पाउँदा आफुलाई खुशी लागेको विचार ब्यक्त गर्नुभयो । यो सेवाको प्रारम्भसँगै मध्यपूर्वका धेरै देशमा आवतजावतका लागि नेपालको सिधा सम्पर्क स्थापित भएको भन्दै नेपाल उधोग वाणिज्य महासंघमा उपाध्यक्ष समेत रहेका अध्यक्ष ढकालले ती देशबाट नेपाल भ्रमणमा आउने बाह्य पर्यटनलाई समेत सहज भएको विचार व्यक्त गर्नुभयो । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालज्यूले दिगो आर्थिक विकासको आधार पर्यटन भएको उल्लेख गर्दै आइएमई ग्रुपसँग जोडिएको सलाम एयरको सम्बन्धले नेपालको पर्यटन प्रवद्र्धनमा निक्कै ठूलो योगदान पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।
सलाम एयरको पहिलो उडान अवतरणको अवसरमा उपस्थित हुनुहुने नियामक निकाय, सरोकारवाला संघ–संस्था, संचारकर्मी मित्रहरु लगायत सबैमा यस आइएमई इन्टरनेशनल ट्राभल प्रा.लि हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।

Leave A Comment

X