आदि शंकराचार्यद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

  • Oct 1
  • 0
  • admin

१५ असोज २०७५, चन्द्रागिरि । आदि शंकराचार्यले काठमाडौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीन बहादुर गुरुङ्गले आदि शंकराचार्यलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदि शंकराचार्यले श्री महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पबित्र रहेको कुरा उल्लेख गर्नुभएको छ । नयाँ योजनाका साथ निर्माण भएको श्री भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको उपर्युक्त हेरचाह देखेर आफु प्रशत्र भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Leave A Comment

X