मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

  • Nov 1
  • 0
  • admin

काठमाडौं, १४ कात्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

१६ हजार भन्दा बढी एजेण्ट आउटलेट संजाल भएको आइएमई डिजिटल, आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आएको छ र यसको मद्दतबाट सेवाग्राही आफैले वा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।

आईएमई डिजिटलसंगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिक वित्तीय सेवाहरूको पहुँच उपलब्ध हुनुका साथै नेपालको वित्तीय समावेशीकरणमा समेत योगदान पुग्ने आइएमई डिजिटल र मेगा बैंकको विश्वास छ ।

 

IME Digital signs Partner Bank agreement with Mega Bank Nepal Ltd

Kathmandu, November 1st, 2018: IME Digital and Mega Bank have inked an agreement to facilitate customers to avail various mobile financial services offered by IME Digital through its product IME Pay. Mr. Daniel D Shrestha, Chief Operating Officer, IME Digital and Mrs. Raveena Desraj Shrestha, Acting Chief Executive Officer, Mega Bank signed the agreement. Based on the agreement, Mega Bank will act as a partner bank of IME Digital and offer services like linking bank accounts, transferring funds to and from customers’ bank accounts to IME pay wallets for the customers. Mega Bank customers will soon be able to avail recharge, payment and money transfer services along with myriad of other online and offsite QR based merchant payment services of IME Pay.

 

About IME Digital Solution Limited

IME Digital Solution Ltd. licensed by Nepal Rastra Bank is a digital financial services wing of IME Group having more than 16,000 agent outlet that facilitates payments ranging from simple person-to-person transfers, payments to various online and physical stores, mobile recharge and utility bill payment. IME Digital aims to make financial services accessible to common mass including the unbanked and under banked people of Nepal and contribute to financial inclusion in Nepal.

 

Leave A Comment

X