पर्यटन सुदुरपश्चिम समृद्घिको आधार – ढकाल

  • Feb 4
  • 0
  • admin

माघ २१, धनगढी ः– आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द«प्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेश) का माननीय मुख्यमन्त्री त्रिलोचन भट्टज्यूको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई प्रदेशका माननीय मन्त्रीज्यूहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुदूरपश्चिमका विद्यमान सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको कुरा दोहो¥याउनुभयो । सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी मित्रराष्ट्र भारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने बस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न समेत तुलनात्मक सहज रहेको कुरा उल्लेख गर्नुभयो ।
सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

Leave A Comment