निर्देशक हेमराज ढकाल ‘सुप्रवल जनसेवा श्री’ मानपदवीबाट विभूषित

  • Apr 16
  • 0
  • admin

वैशाख २, २०७६ । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल ‘सुप्रवल जनसेवा श्री’ मानपदवीबाट विभूषित हुनुभएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७५ सालको संबिधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा विभूषण प्रदान गर्न घोषणा भएबमोजिम निर्देशक ढकाललाई २०७६ साल वैशाख ०१ गते राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्माननीय राष्ट्रपतिज्यूले उक्त सम्मान प्रदान गर्नुभएको हो ।
नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट भएको उल्लेखनीय योगदानको सम्मानस्वरूप सुप्रवल जनसेवा श्रीद्वारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवम् श्रीबृद्विमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ भन्ने भाषा, यूवा उद्यमी निर्देशक ढकाललाई प्रदान गरिएको प्रमाण–पत्र उल्लेख गरिएको छ ।
अमेरिकास्थित एमआइटीबाट इएमपीमा मास्टर र प्रसिद्व हावर्ड विश्वविद्यालयबाट ओनर प्रेसिडेन्ट म्यानेजमेन्ट प्रोग्राममा तीन वर्षको कोर्ष पुरा गर्नुभएका ढकाल सन् १९९० को दशकदेखि नै विभिन्न पेशा–व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ । ढकाल आइएमई ग्रुपको प्रवन्ध निर्देशकका अतिरिक्त डीस होम मिडिया नेटवर्क र आइएमई जनरल इन्सोरेन्सका अध्यक्ष समेत हुनुहुन्छ ।
मानपदवी प्रदान गर्नेहुने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू लगायत सबैमा आइएमई ग्रुप र स्वयम् निर्देशक ढकाल हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।

निर्देशक ढकाललाई आइएमई ग्रुप हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

Leave A Comment