इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

  • Aug 17
  • 0
  • admin


साउन ३२, २०७६– काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४औं स्वतन्त्रता दिवसको अवसरमा आज मिति २०७६ साउन ३२ गते तद्अनुसार १७ अगस्त २०१९ मा एक समारोहकाबीच नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गर्नुभएको छ । कार्यक्रममा नेपालमा बसोबास गरिरहनुभएका इण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अवैतनिक बाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियन नागरिकसँग सँगै बसेर इण्डोनेसियाको स्वतन्त्र दिवस मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।
नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेशियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।
इण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

Kathmandu 17th. August, 2019. On the occasion of the 74th. Anniversary of the Proclamation of the Independence of the Republic of Indonesia, the flag hoisting ceremony was organized at the Office of the Honorary Consul of the Republic of Indonesia at IME Complex premises today.  

Mr. Chandra Prasad Dhakal, Honorary Consul of the Republic of Indonesia in Nepal as well the Chairman of IME Group hoisted the red and white flag this morning to commemorate the 74th. Anniversary of the independence of the Republic of Indonesia. The ceremony was conducted in the presence of Indonesian community currently residing in Nepal along with the staff members of Consul’s Office and IME.

Diplomatic relations between Indonesia and Nepal were established in 1960 and since then the relations between the two countries have always been cordial. To strengthen the relations further and make them in the interest of both the countries, the Office of the Honorary Consul of the Republic of Indonesia has been playing a significant role since the appointment of Mr. Dhakal as the Honorary Consul of the Republic of Indonesia in Nepal. People to people contacts have been steadily growing between the two friendly countries after the establishment of the Office of the Honorary Consul of the Republic of Indonesia in Nepal.

Indonesia is growing as a large market for the world and it is also the largest economy in ASEAN. Trade volume between Indonesia and Nepal is also very high as the latter is one of the largest trade partners of Nepal. Because both the countries are endowed with natural and cultural heritages, tourism in both the countries is considered a great business potential.

Leave A Comment