काठमाडौं, आषाढ, ३१ – २०५ औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्र जारी गर्दै आज समापन भएको छ ।
सम्माननीय प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीज्यूको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आउनुभएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचाल्नु भएको थियो । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू स्वमले दश हरफको सुन्दर कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन गर्नुभएको थियो । सोही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संक्षिप्त मन्तव्य दिदैे चन्द्रागिरि पर्वतको पौेराणिक कालदेखिकै इतिहास उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्य श्री चन्द्र प्रसाद ढकालले धार्माीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यवद्धता जनाउँदै चन्द्रागिरिमा यस्तोे महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । नेपालमा औषधिय गुण बोकेका अपार जडिबुटी र असंख्य जैविक विविधता विद्यमान रहेकाले समृद्धि सम्भव रहेको कुरा समेत उल्लेख गर्नुभयो ।
२०७५ साल असार २९ – ३१ सम्म जारी त्रिदिवसीय कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
