आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बिच सम्झौता

  • Jun 26
  • 0
  • admin

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । उक्त कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो । बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिé सेवा लिईरहनु भएको बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

Leave A Comment

X